close

राष्ट्रिय जनगणना : नवलपुरमा थपिए २८ हजार परिवार

राष्ट्रिय जनगणना : नवलपुरमा थपिए २८ हजार परिवार

Trulli
ADVERTISEMENT

नवलपुर– राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत नवलपुरमा घर तथा घरपरिवार सूचीकरणमा २८ हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ९५ हजार घरपरिवार दर्ता भएको सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

 

२०६८ को जनगणनामा यहाँ ६६ हजार ९ सय ३४ परिवार थिए । अधिकारीका अनुसार पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार २८०६६ परिवार थपिएका छन् । यो प्रारम्भिक तथ्यांक भएकाले केही थपघट हुन सक्ने अधिकारीले बताए । जनगणनाको प्रारम्भिक रिपोर्टअनुसार जिल्लामा १ लाख ५ हजार घरधुरी रहेको र ८२ हजार घरमा जनगणना गरिएको छ ।

 

३० भदौदेखि १८ असोजसम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो ।

 

मूल जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसंख्या ३ लाख ११ हजार ६०४ रहेकामा ६६ हजार ९ सय ३४ परिवार संख्या पुगेको थियो ।