close

मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

मुगु— मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पालिकाखबरलाई जानकारी दिए ।

 

दुर्घटनामा १४ जना भन्दा बढी यात्रु घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगिसकेको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज लगाएतका स्थानमा लगिएको छ ।

 

दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेकाे थियाे । बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ । 

 

मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।