close

उपाधिका लागि भारतसँग शनिवार प्रतिस्पर्धा

उपाधिका लागि भारतसँग शनिवार प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

काठमाडौं– साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको खेलमा माल्दिभ्सलाई ३–१ गोलको अन्तरले हराउँदै भारतले सेमिफाईनलको प्रतिस्पर्धामा जित हासिल गरेसँगै नेपालसँग फाईनलमा प्रतिस्पर्धा गर्न भारत आइपुगेको हो ।

 

नेपालले बंगलादेशसँगको खेलमा १–१ बराबरीको खेल खेल्दै नेपाल फाईनलमा यसअघि नै प्रवेश गरिसकेको हो । नेपाल र भारतबीचको फाईनल खेल आउँदो शनिवार नेपाल समय अनुसार राती ८ः४५ बजे हुनेछ । 

 

साफ च्याम्पियनसिप फुटबलको फाईनलमा नेपाल पहिलोपटक प्रतिस्पर्धा गर्दैछ । सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसिपको सेमिफाईनलमा भने यसअघि २०१८ मा पुगेको थियो ।