close

बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

गुल्मी– रूपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । बिहीबार राती ११ बजेतिर रेसुंगा नगरपालिकाको छहरामा जिप दुर्घटनामा परेको हो ।

 

लु१ज ४४९० नम्बरको जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

 

मृत्यु हुनेमा गुल्मी मुसिकोटका ७० वर्षीय क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षीया संगीता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ । जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन् ।