close

दैनिक ज्याला मजदुरी गर्ने विपन्नलाई बाँडियो राहत

दैनिक ज्याला मजदुरी गर्ने विपन्नलाई बाँडियो राहत

Trulli
ADVERTISEMENT

उदयपुर–कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ मनाउन राहत उपलब्ध गराइएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १३ का अतिविपन्न परिवारलाई दसैँ मनाउन राहत उपलब्ध गराइएको हो । 

 

स्थानीय त्रियुगा महिला कृषक समूहको सहजीकरण र समाजसेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व मान्न समस्या भइरहेका १२४ घरपरिवारलाई राहत उपलब्ध गराएका हो । 

 

दैनिक ज्यालादारीमा आश्रित अतिविपन्न १२४ घरधुरीका ५३८ परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । जनसंख्याको आधारमा १५ दिनका लागि चामल, दाल, खानेतेल, नुन र अन्य सामग्री तरकारीको बिउ, मास्क र साबुन उपलब्ध गराएको छ । 

 

राहत प्रतिघर न्यूनतम १५ देखि अधिकतम ४० केजी चामल र सोहीअनुसार अन्य सामग्री दिइएको थियो । राहतले भगवान् घरमा आएसरह भएको स्थानीय सुनितादेवी चौधरीले बताइन् । ३ लाख मूल्य बराबरको सामग्री उपलब्ध गराएको समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्कीले बताए ।

 

त्रियुगा नगरपालिका वडा नम्बर १३ की वडाध्यक्ष पशुपति चौधरी, समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्की, सहारा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी, चक्लाबन्दी खेती प्रवद्र्धनका कार्यवाहक अध्यक्ष भगवानसिंह चौधरीले हस्तान्तरण गरे ।