close

दसैँ अवधिभर कर्णालीमा २१ सवारी दुर्घटना, ३७ को अकाल मृत्यु

दसैँ अवधिभर कर्णालीमा २१ सवारी दुर्घटना, ३७ को अकाल मृत्यु

Trulli
ADVERTISEMENT

जुम्ला– दसैँ अवधिभर कर्णाली प्रदेशमा सानाठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी ३७ को मृत्यु भएको छ ।

 

यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना २६ असोजमा मुगुमा भएको थियो । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायानाथ रारा नगरपालिकाको पिना खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

 

यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायानाथ राराका मात्रै २९ जना थिए । यो दुर्घटनाले सो नगरपालिकामा ठूलो मानवीय क्षति भयो । 

 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका ९ दुर्घटनामा ३ को मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा २ जनाको मृत्यु, दैलेखमा भएका ४ दुर्घटनामा ७ घाइते, सल्यानका २ दुर्घटनामा १६ घाइते भएका छन् ।

 

मुगुमा २, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका १÷१ सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।