close

बढ्यो चारपांग्रेको आयात 

बढ्यो चारपांग्रेको आयात 

Trulli
ADVERTISEMENT

वीरगञ्ज– दसैं, तिहारलगायतका चाडपर्वसँगै देशमा चारपांग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ ।  गत वर्ष चाडपर्वमा कोभिड–१९ संक्रमण कायमै थियो । अहिले कोभिड–१९ प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपांग्रेको किनबेचले प्राथमिकता पाएको हो ।  


वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कुल १ हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएका छन् । सो अवधिमा चारपांग्र्रे सवारीसाधन आयातबाट ५ अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधन भित्रिने संख्या धैैरै रहेको छ ।  


यसैगरी वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेषगरी रेलमार्गको बाटो हुँदै  भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित चारपांग्रे सवारीसाधन आयात बढेको पाइएको छ ।  


उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपांग्र्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालय प्रमुख डा. लालबहादुर खत्रीले जानकारी दिए । कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रिएका छन् ।