close

देशलाई विकास र निकास दिन सरकारमा गएका हौँ : गृहमन्त्री खाँड

देशलाई विकास र निकास दिन सरकारमा गएका हौँ : गृहमन्त्री खाँड

Trulli
ADVERTISEMENT

रूपन्देही– सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माण छिटो अगाडि बढाएर सञ्चालनको तयारी गरिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।


गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका खाँणले भैरहवामा आयोजित कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पारेको जानकारी दिए । 


बेलहियामा मालवाहक गाडीको पार्किङ समस्या समाधान गर्न हाल आइसिपीका लागि खाली रहेको जग्गामा पार्किङ व्यवस्था मिलाउने तयारी गरिएको उनको भनाइ छ । गृहमन्त्री खाँडले भने, ‘कांग्रेसको अरुचि भए पनि देशलाई निकास र विकास दिन सरकारमा गएका हौँ ।’ एमालेलाई सरकार चलाउन जनताले म्यान्डेट दिए पनि आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उनको धारणा छ ।  उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न मान्नुभएकै थिएन । हामीलाई सरकारमा जान हतारो गरेको भनियो । यो बिल्कुलै निराधार हो ।’ 

 

सभापति देउवा प्रधानमन्त्री बन्न तयार नभएपछि राजनीतिक निकासका लागि एमालेको एउटा पक्ष र माओवादीका नेताहरूले आग्रह गरेपछि नयाँ गठबन्धन बनाएर कांग्रेस अगाडि बढेको गृहमन्त्री खाँणको दाबी छ । गृहमन्त्री खाँणले रूपन्देहीको समृद्धिका लागि प्रयत्नशील रहिरहने प्रतिबद्धता जनाए ।  मन्त्री खाँण कांग्रेस नेता प्रेमनारायण खरेलको शोक सभामा सहभागीपछि बुटवलको ज्योतिनगरस्थित पहिरो निरीक्षणमा गएका थिए ।


खाँणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशनअन्तर्गत वडा तथा स्थानीय तहको अधिकांश स्थानको अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएको दाबी गरे ।


कार्यक्रममा कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाक, लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता वसिउद्दिन खान, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।