close

कृषिमा साझेदारी गर्न इजरायली राजदुत पाँचखाल पुगे

कृषिमा साझेदारी गर्न इजरायली राजदुत पाँचखाल पुगे

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- कृषिमा नवीन प्रयोग गर्दै अर्थतन्त्रको जग बनाउन सफल इजरायलले नेपालका स्थानीय सरकारलाई आफ्नो ज्ञान, शिप प्रदान गर्दै साझेदारी गर्ने सोचका साथ नेपालका लागि इजरायली राजदुत हनान गोडरले पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसँग विशेष भेट गरेका छन् । 

 

राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन। भेटमा इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भएको मेयर खरेलले पालिका खबरलाई जानकारी दिए । 

 

इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणालीमा सहयोग गर्दै प्ररम्परागत खेतिबाट नगदेबालीतर्फ आकर्षित गर्ने खालका कार्यक्रम ल्याउने विषयमा छलफल भएको छ । 

 

भेटमा राजदुत गोडरलाई मेयर खरेलले नगरपालिकाले पनि बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको बताएका छन् । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा दरिलो क्षेत्र मानिन्छ । तर, सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन नसकेकाले यसप्रति सहयोगको लागि मेयर खरेलले राजदुतसँग आग्रह गरेका छन् ।