close

अन्नपूर्णका सबै किसानलाई हातहातै लैना गाईभैंसी

अन्नपूर्णका सबै किसानलाई हातहातै लैना गाईभैंसी

Trulli
ADVERTISEMENT

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकाले सबै किसानलाई लैनो गाईभैंसी दिने भएको छ । नीति तथा कार्यक्रम र बजेट छुट्याएरै गाउँपालिकाले चालू वर्षदेखि किसानलाई गाईभैंसी हातहातै दिन लागेको हो वितरण गर्न लागेको हो । यो वर्ष २ सय गाईभैंसी वितरण गरिने गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । 


यसका लागि ५० लाख विनियोजन गरिएको छ । ‘किसान भनिएको छ, घरमा लैनो गाईभैंसी छैन । अब त्यो अवस्था रहँदैन’, उनले भने, ‘सबै किसानलाई बर्सेनि गाईभैंसी बाँड्ने कार्यक्रम बनाएका छौं ।’


यस्तै, गाउँपालिकाले लिमे र पार्कोटे (रैथाने जातका) भैंसी संरक्षण कार्यक्रमसमेत थालेको छ । 


‘व्यावसायिक हुने भन्दैमा रैथाने वस्तु मास्नु भएन । लिमे र पार्कोटे नेपालको उच्च पहाडी क्षेत्रमा पाइन्छ । यो दुध र मासुका लागि निकै स्वादिष्ट हुन्छ’, कुँवर भन्छन्, ‘रैथाने संरक्षणसँगै आधुनिक पशुपालन पनि अघि बढाउँछौं ।’ लैना गाईभैंसी वितरण गर्दा किसानले ५० प्रतिशत अनुदान पाउँछन् । 


संघ सरकारसँगको साझेदारीमा कार्यक्रम प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । संघ सरकारले २५, गाउँपालिकाको २५ र बाँकी रकम किसानले बेहोर्नुपर्नेछ । ‘कति मूल्यसम्मका गाईभैंसी दिने भन्ने निर्धारण भएको छैन । गाउँसभाले पास गरेको छ,’ उनले भने, ‘अब मूल्य कार्यपालिकाबाट निर्णय गरेर काम अघि बढ्छ ।’ 

 

अन्नपूर्ण पशुपालनसँगै कृषिकर्मका हिसाबले पनि अगाडि छ ।