close

कोहलपुर नगरपालिका सिल

Trulli
ADVERTISEMENT

बाँके - कोरोना संक्रमण फैलिन नदिन कोहलपुर नगरपालिका सिल गरिने भएको छ ।


नगरप्रमुख लुटबहादुर रावतको संयोजकत्वमा बुधबार बिहान बसेको कार्यपालिकाको बैठकले कोहलपुर नगरपालिका सिल गर्ने निर्णय गरेको हो ।


कार्यपालिकाले सूचना जारी गर्दै २८ असोजदेखि ६ कात्तिकसम्मका लागि नगरपालिका सिल गर्ने जानकारी दिएको छ ।


नगरपालिकाले जारी गरेको गरेको सूचनाअनुसार कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको र कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएकाले कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन अत्यावश्यक सेवाबाहेक कोहलपुर नगरपालिका, नगर कार्यपालिका, सम्पूर्ण वडा कार्यालय र विषयगत शाखाहरू नौ दिनसम्मका लागि सिल गरिएको जनाएको छ ।