close

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगर बन्द

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगर बन्द

Trulli
ADVERTISEMENT

कास्की - प्रमुख प्रशासकीय अधिकृतको गाडी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरा महानगरपालिका कार्यालय बन्द भएको छ । कार्यालय बन्दसँगै सेवाग्राहीलाई दिइने सेवा प्रभावित भएको छ । 


सबैजसो कर्मचारी ट्रेसिङमा परेकाले पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालय बन्द गरिएको सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।


शुक्रबार पिसिआर रिपोर्ट लिने र कार्यालय खोल्ने विषयमा निर्णय हुने महानगरले बताएको छ । जनप्रतिनिधि र कर्मचारीसहित ६० भन्दा बढी ट्रेसिङमा परेका छन् ।