कुनै बेलाको मन्दिर, देवल, टुँडाल, मण्डप र दरबारहरुले सुसज्जित काठमाडौंको वसन्तपुर क्षेत्र २०७२ सालको भूकम्पले उजाड बनाइदियो ।
सुन्धारामा रहेको धरहरादेखि वसन्तपुर क्षेत्रमा रहेको काष्ठमण्डप अनि अलिक परको रानीपोखरीसम्म भत्किएपछि निकै उराठलाग्दो बन्यो यो क्षेत्र । तर, अहिले रानीपोखरीको पुनर्निर्माण भइसकेको छ भने धरहरा र काष्ठमण्डपको पनि पुनर्निर्माण तीब्र बनिरहेको छ । अब पुरानै स्वरुपमा आफूलाई यी क्षेत्रले फर्काउने विश्वास स्थानीयमा बढेको छ ।
थप पालिका टिभी