close

बालिकालाई भारत पुर्‍याएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

बालिकालाई भारत पुर्‍याएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो ।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना पुर्‍याएर बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ ।

उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।