close

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु

Trulli
ADVERTISEMENT

धनकुटामा माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राई छन् । 

प्रहरीका अनुसार उनीहरूको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । बालकहरुको लास पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ ।