close

झापामा १०० भन्दा बढी घर डुबानमा : उद्धार कार्य जारी

झापामा १०० भन्दा बढी घर डुबानमा : उद्धार कार्य जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाका करिब १०० घरमा डुबानमा परेका छन् । 

स्थानीय नदीमा पानीको बहाव बढेसँगै नदी किनारमा रहेका घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ शिवशताब्दी -६, गौरिगञ्ज गाउँपालिका-१कै विभिन्न घर डुबानमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६मा २ फिटजति पानी जमेर २५ घर, शिवशताब्दी -६मा मकलढुंगा पानी छिरेर स्वास्थ्य केन्द्रमा दर्जी परिवारका घरमा छिरेको छ ।

त्यसैगरी गौरिगञ्ज महाभारामा रनमाया लिम्बुको घरमा स्थानीय खोलाको पानी छिरेको ४ फिटजति जमेको कार्यालयले जानकारी दिएको छ ।

‘गौरिगञ्ज गाउँपालिका-१ माई खोलाको पानी ओभर फ्लो भएर गाउँ प्रवेश गरेको छ । त्यसैगरी सोही स्थानको देवीगडामा पाँच घर, चपुरबस्तीमा १२ घर ३ फिटजति पानी जमेको छ,’ कार्यालयले जानकारी दियो। 

प्रहरी कार्यालय झापाका अनुसार  स्थानीय बासिन्दा तथा प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको छ । 

मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्।