close

अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । अनलाइन जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनलाइन जुवाखेलिरहेको अवस्थामा मकवानपुर, हेटौंडा  उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

अनलाइन जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका१ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र१ लाख ४५ हजार ७५ नगदसहित पक्राउ गरेको हो । 

प्रहरीले फरारकुलदीप पाठकको खोजीका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाछन् ।