close

एउटै नम्बरका दुई मोटरसाइकल सँगसँगै

एउटै नम्बरका दुई मोटरसाइकल सँगसँगै

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको गौशालास्थित सडकमा ट्राफिक जाम भएको अवस्थामा दुई मोटरसाइकलको नम्बर एउटै भएको पाइएको छ ।

बुधबार बिहान प्रदीपजंग क्षत्रीले उक्त तस्बिर खिचेका हुन् । उनले आफू जाममा फसकेको बेला एउटै नम्बरको मोटरसाइकल देखेर खिचेको बताएका छन् । उनका अनुसार एउटै नम्बरको दुइवटा मोटरसाइकल सँगै थिए । पानी परिरहेकाले दुवै सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसबारे अनुसन्धान थालिएको छ । क्षत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्वीर भाइरल भएपछि महाशाखा अनुसन्धान थालेको हो ।