close

झापा गाउँपालिकाका १०० घर डुबानमा

झापा गाउँपालिकाका १०० घर डुबानमा

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकामा बाढीका कारण करिब १०० घर डुबानमा परेका छन् । गाउँपालिकाका अध्यक्ष जयनारायण शाहका अनुसार मंगलबारदेखि लगातार परेको झरीका कारण नदीको बहाब बढ्दा उनीहरू विस्थापित भएका हुन् । 

झापा गाउँपालिका १ मिलनबस्ती, गाउँपालिका २ बालुवाटार र वडा नम्बर ६ सर्लामस्तीका स्थानीय बाढीका कारण विस्थापित भएका हुन् । उनीहरू आफन्तको घरमा कोही बसेका छन् भने कोही नजिकका स्कुलमा बसेका गाउँपालिका अध्यक्ष शाहले पालिका खबरलाई बताए । उनका अनुसार खानाको व्यवस्था भने गाउँपालिकाले गरिरहेको छ । 

साथै झापा जिल्लामा जिल्लाका विभिन्न स्थामा करिब २०० घर डुबानमा परेको प्रहरीले जनाएको  । भद्रपुर नगरपालिकामा २५ घरमा बाढी पसेको छ । शिवसताक्षी नगरपालिकाका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।