close

१० किलो गाँजासहित दुई जना पक्राउ

१० किलो गाँजासहित दुई जना पक्राउ

Trulli
ADVERTISEMENT

वीरगञ्ज । प्रहरीले बाराबाट लागु औषध १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने १७ वर्षीय युवक र ३४ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।

बिहीबार दिउँसो सवा १ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर चौकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार प्रहरी हवल्दारको नेतृत्वमा खटिएको पिकेट टोलीले शंकास्पद तरिकाले पैदल हिँडिरहेका उनीहरुले बोकेको झोला चेकजाँच १० किलो लागु औषध गाजा फेला परेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।