close

प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने तीनजना पक्राउ

प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने तीनजना पक्राउ

Trulli
ADVERTISEMENT

महोत्तरी ।  जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमा नाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरी चौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।

तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।