close

३ दिनदेखि बेपत्ता बालकको शव गौकन्द्री किनारमा फेला

३ दिनदेखि बेपत्ता बालकको शव गौकन्द्री किनारमा फेला

Trulli
ADVERTISEMENT

कैलाली । गत बुधबारदेखि बेपत्ता रहेका ११ वर्षीय बालक मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका-१९ का दिपक विकको ११ वर्षीय निखिल
बिकको शव कैलारी गाउँपालिका-६स्थित गौकन्द्री खोलाको किनारमा फेला फेला परेको प्रहरीले जनाएको हो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार गत बुधबार मामाघर गएको अवस्था गौकन्द्री खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता थिए । 

बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ सीमा प्रहरी चौकी बहुलिया कैलालीबाट खटिएका प्रहरी टोलीले आज मृतअजस्थाममा फेला पारेको हो । 
 
मृतकको शवलाई पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।