close

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

दाङ । दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइनजिक २ वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र सोही वडाका १६ वर्षीय रितेश केसी छन् । उनीहरू दुवैको उपचारको क्रममा मृत्यु भएको हो ।