close

सिसौको रुख ढल्दा स्कुटर चालकको मृत्यु

सिसौको रुख ढल्दा स्कुटर चालकको मृत्यु

Trulli
ADVERTISEMENT

सुनसरी । बराहक्षेत्र नगरपालिका-९ मा सिसौको रुख ढलेर लाग्दा स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार कोसी टप्पु वन्यजन्तु आरक्ष घुम्ने क्रममा प्र-१-०२-०४४ प ६६८१ नम्बरको स्कुटरलाई सिसौको रुखले किच्दा  धरान उपमहानगरपालिका- ११ का २८ वर्षीय धिरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रुखले किचेर तामाङको घटनास्थालमै मृत्यु भएको थियो भने पछाडि सवार धरानकै २८ पर्षीय संगेन्द्र विष्ट घाइते भएका छन् । 

उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।