close

पाटनको हरेक उपभोक्ता समितिको अध्यक्षमा महिला

पाटनको हरेक उपभोक्ता समितिको अध्यक्षमा महिला

Trulli
ADVERTISEMENT

बैतडी । पाटन नगरपालिकाले विभिन्न योजनाका लागि गठन हुने हरेक उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता दिने निर्णय निर्णय गरेको छ । 

नगरपालिकाका सूचना अधिकारी महेशप्रसाद भट्टकाअनुसार नगर कार्यापालिकाको गत जेठ १६ गते बसेको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिलालाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको हो । 

'खानेपानी, बाटो, पुलपुलेसा, गोरेटो जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा राम्रो हुन्छ भनेर प्राथिमकतामा राख्ने निर्णय भएको हो,’ उनले भने ।