close

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । राप्ति नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फूलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्यारीढापबाट भण्डारा तर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।