close

निर्वाचन लोकतन्त्रको जीवन पद्धति हो : आयुक्त थपलिया

निर्वाचन लोकतन्त्रको जीवन पद्धति हो : आयुक्त थपलिया

Trulli
ADVERTISEMENT

काठमाडौं ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएको बतएका छन् । 

मंगलबार राष्ट्रिय समाचार समितिद्वारा राजधानीमा गरिएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने बताउँदै मतदाताले चुन्न पाउने लोकतन्त्रको सुन्दर पक्ष र अवसर भएकाे बताए । 

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व रहने बताउँदै उनले मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी स्थान दिन सक्नुपर्ने उनले बताए । 

मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गर्ने बताउँदै उनले मतदानस्थल तथा केन्द्रको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने बताए ।