close

जोरायल गाउँपालिकाबाट १२ जुवाडे पक्राउ

जोरायल गाउँपालिकाबाट १२ जुवाडे पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । डोटीको जोरायल गाउँपालिकाबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले गएराति उनीहरूलाई चौराहास्थित होटेलबाट जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको हो। 

उनीहरूलाई जुवातास खेलिरहेको  अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको  प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कैलाली चुरे गाउँपालिकाका भएको प्रहरीको भनाइ छ ।

जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र  ३ बुक तास बरामद गरेको छ ।  आरोपीहरुमाथि प्रहरीले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।