close

कटारीमा डेंगुको लार्भा खोजेर नष्ट गरिँदै

कटारीमा डेंगुको लार्भा खोजेर नष्ट गरिँदै

Trulli
ADVERTISEMENT

उदयपुर । कटारी नगरपालिकाले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा 'सर्च एण्ड डिस्ट्रोए' अभियान सञ्चालन गरेको छ । 

नगरपालिकालेले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रमसँगै डेंगुको लार्भा नष्ट गर्ने अभियान अन्तरगत आज लार्भा नष्ट गर्ने काम सम्पन्न गरिएको हो । 

नगरपालिकाले कटारी बजारमा रहेका पानी जमेको  खाल्डा खुल्डी, पानी जमेको टायर र ड्रमहरूमा  फिनायल तथा सोडा लगाएत डेंगुका लार्भा नष्ट गर्ने विषाधी छर्ने काम गरेको नगरपालिकाले जनाएको छ । 

हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा बजारवासी र वरपरका बस्तीहरूमा चेतनामूलक सूचना प्रसार गरिएको नगरपालिकाले जनाएको छ ।