close

डेंगु संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

डेंगु संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं । तीव्र रुपमा डेंगु संक्रमण फैलिएपछि काठमाडौं महानगरपालिकाले परामर्शका लागि हटलाइन सेवा सुरु गरेको छ । 

महानगरको हटलाइन नम्बर ११८० मा कल गरेर स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने महानगरले जनाएको छ । सेवा २४ सै घण्टा रहनेछ भने १०२ मा कल गरेर महानगरको नि:शुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरपालिकाले जनाएको छ । 

हालसम्म डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा मात्र ८ हजार ३९० संक्रमित भेटिएका छन् भने काठमाडौंमा मात्रै २ हजार ५०० भन्दा बढी केस फेला परिसकेको छ ।  

यता डेंगु संक्रमण तीव्र भएसँगै काठमाडौंमा  सिटामोलको अभाव सुरु भएको छ । अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन। फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् ।