close

सिटी सफारीले ठक्कर दिँदा वृद्धको मृत्यु

सिटी सफारीले ठक्कर दिँदा वृद्धको मृत्यु

Trulli
ADVERTISEMENT

सुनसरी । इटहरी उपमहानगरपालिका–९ फूलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । 

न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारीसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।