close

पत्रकारको मृत्यु हुँदा नगरपालिकामा शोक बिदा

पत्रकारको मृत्यु हुँदा नगरपालिकामा शोक बिदा

Trulli
ADVERTISEMENT

रौतहट । रौतहटको  माधवनारायण नगरपालिकामा दुर्घटनामा परी घाइते भएका पत्रकार  रवीन्द्र मण्डलको मृत्यु भएपछि शोक बिदा दिइएको छ। 

दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१ साउनमा दुर्घटना  भएको थियो ।

माधवनारायण नगरपालिकाका जिन्सी शाखाका कर्मचारी  रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए ।काठमाडौंबाट गौरका लागि छुटेको माँ कल्याणी रात्रि बस दुर्घटना हुदा घाइते भएका थिए।

दुर्घटनापछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराएका मण्डल आर्थिक अभावका कारण निको हुन सकेका थिएनन् । नेसनल मेडिकल कलेज वीरगंजमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिनदेखि गौर अस्पतालमा रहेका थिए ।