close

सहकर्मीबाटै सशस्त्र प्रहरी जवानको हत्या

सहकर्मीबाटै सशस्त्र प्रहरी जवानको हत्या

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीमा सशस्त्र प्रहरीका एक जना असईको हत्या आरोपमा सहकर्मी नै पक्राउ परेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्यामा सहकर्मीकै संलग्नताको आशंकामा एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बलले बुधबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई मुख्यालय तानेको छ ।
गत असोज २० गते बिहान सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी गएको छ । प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् । जवान खत्री अहिले प्रहरी नियन्त्रणमा छन् ।

यद्यपि प्रहरीले यस प्रकरणबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन । आरोपी सशस्त्र प्रहरी जवान खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहको अधिकारीको निर्देशनमा छिन्नमस्ता नाका कार्यरत थिए । सशस्त्र प्रहरी स्रोतकाअनुसार जवान खत्री सहायक हवलदारबाट घटुवा भएर जवान भएका व्यक्ती हुन् ।