close

नेपाल जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको मृत्यु

नेपाल जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको मृत्यु भएको छ । 

६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । अस्पतालमा १:४५ बजे निधन भएको गुरुङका सहकर्मी मन खत्रीले बताए ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो ।

१९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।