close

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

कपिलवस्तु । बाणगङ्गा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्रक वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । 

शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।

घटनामा परी दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको पनि मृत्यु भएको छ । यसै गरी दुर्घटनामा सई गोविन्द सुवेदी र प्रेम मल्ल, नेपाल प्रहरीका कुलबहादुर घर्ती  घाइते भएका छन् । 

ना १ ग ५५४ नम्बरको भ्यान साँझ पौने ७ बजेतिर अनियन्त्रित भई साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।