close

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं ।  कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । 

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।