close

पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष पाण्डेको निधन

पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष पाण्डेको निधन

Trulli
ADVERTISEMENT

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष कौशल पाण्डेको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ हेटौंडा –४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो।

मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै पत्रकार महासंघ मकवानपुरले शोक विज्ञप्ति जारी गरेको छ। 

पाण्डेले लामो समय शिक्षण पेसामा पनि योगदान दिएका छन्। उनी क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष थिए।