close

पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । बागबजारमा घरको झ्यालबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए । 

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।