close

चितुवाको आक्रमणबाट तीन घाइते

चितुवाको आक्रमणबाट तीन घाइते

Trulli
ADVERTISEMENT

स्याङ्जा । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। शुक्रबार बिहान सवा नौ बजेतिर दुई महिला र एक पुरुषलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो।

वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका छन्। कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो। त्यसपछि घरभित्र रहेका तुलसा र लक्ष्मीमाथि पनि आक्रमण गरेको कुँवरले जानकारी दिए।

घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ। न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ। घाइते तीनै जनालाई उपचारका लागि वालिङको प्राथमिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ। अहिले त्यस स्थानमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ। चितुवालाई नियन्त्रणमा लिने तयारी भइरहेको छ।