close

भारतीय जङ्गली हात्तीको आतङ्क बढ्दै

भारतीय जङ्गली हात्तीको आतङ्क बढ्दै

Trulli
ADVERTISEMENT

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-२ धनैरामा भारतबाट आएका जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेका छन्।

भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धानका साथै अन्य बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भूपाल न्यौपानेले बताएका छन्। उनी भन्छन्, “भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ।”

भारतबाट आउने जङ्गली हात्तीले बर्सेनी चार–पाँच घर भत्काउने, आक्रमण गरेर मानिसहरू घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सानी गर्ने गरेका छन्। एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए।

यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन्। गत वर्ष दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस वर्ष एक जनाको मृत्यु भइसकेको छ।