close

दिक्तेल रुपाकोट मझुवागढीमा बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढीमा बालविवाह रोकियो

Trulli
ADVERTISEMENT

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिकाको वडा नं ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ । 

स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचमा विवाहको तयारी भएको थियो ।

बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।