close

भक्तपुरमा दुईदिने घरेलु उत्पादन मेला सुरु

भक्तपुरमा दुईदिने घरेलु उत्पादन मेला सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुर नगरपालिकाले स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘भक्तपुर घरेलु उत्पादन मेला’ को आयोजना गरेको छ । 

भक्तपुरको नासमना र तालाक्व टोलमा चैत्र १८ र १९ गते गरि दुई दिनसम्म उक्त मेला सञ्चालन हुने छ । उक्त मेलाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शनिबार एक कार्यक्रमको बीत उद्घाटन गरेका छन्। उनले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्ने बताए।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको बताउँदै यस किसिमको गतिविधिले पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न समेत टेवा पुग्ने बताए।

दुई दिनसम्म चल्ने मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुती आदि रहेका छन् ।