close

आईसीसी विश्वकप छनोट : थाइल्यान्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

आईसीसी विश्वकप छनोट : थाइल्यान्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत थाइल्यान्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो ।

नेपालका लागि कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २-२ विकेट तथा स्नेहा महराले १ विकेट लिइन् ।