close

आज नेपाल र अमेरिका खेल्दै

आज नेपाल र अमेरिका खेल्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएको छ । नेपाल तीन खेल र अमेरिका एक खेलमा विजयी भएकाे छ ।