close

यु–१२ टेनिसमा नेपालको तेस्रो हार

यु–१२ टेनिसमा नेपालको तेस्रो हार

Trulli
ADVERTISEMENT

नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ । भारतले नेपाललाई ३–० ले हरायो ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा   हराए । डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पन्छाए ।

यसअघि नेपाल माल्दिभ्ससँग २–१ तथा श्रीलंकासँग ३–० ले चुकेको थियो । दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसंग ३–० ले पराजित भएको ।