close

ओलम्पिक डेमा स्क्वास सुरु

ओलम्पिक डेमा स्क्वास सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजलै ११–१, ११–२, ११–३ ले हराएर विजयी सुरुवात गरेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि आ-आफ्नो खेल जितेर अर्को चरणमा पुगे । अमिरले रिद्धि शाक्यलाई ११–१, ११–४, ११–३, विनोदले राज महर्जनलाई ११–६, ११–४, ९–११, ११–५, उमितले मित्र गुराउलाई ११–४, १२–१०, ११–३, दिपकले दिलिप नाथ अधिकारलाई ९–११, ११–८, ९–११, ११–४ र ११–५, प्रवीणले अनिल वज्राचार्यलाई ११–५, ११–५, ११–६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११–७, ११–९ र ११–४ ले हराए । शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।

५० वर्षमाथिको भेटरान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११–७, ११–५, ११–५, दिलिप अधिकारीले अजय सिम्हलाई ११–९, १५–१३, ११–३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०–१२, ११–९, ११–८, ११–१, विदुर धमलाले रोविन शाक्यलाई १३–११, ६–११, १३–११, ८–११, ११–७ र विनोद शाक्यले रत्न महर्जनलाई ११–२, ११–३ र ११–४ ले पराजित गरे ।