close

नेपाल आज कुवेतसँग खेल्दै

नेपाल आज कुवेतसँग खेल्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा आज (शनिबार) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । 

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ । 

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।