close

युएईले जित्यो एसीसी महिला च्याम्पियनसिपको उपाधि

युएईले जित्यो एसीसी महिला च्याम्पियनसिपको उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ ।

मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । यूएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एक/एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।

वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
मलेसिया र युएई एसिया कपको लागि छनोट भएका छन् । यस वर्ष हुने एसिया कप कहाँ र कहिले भने निर्धारण हुन बाँकी छ ।