close

आयरल्यान्डसँगको पहिलो टी–२० मा भारत विजयी

आयरल्यान्डसँगको पहिलो टी–२० मा भारत विजयी

Trulli
ADVERTISEMENT

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारतले सात विकेटको जित निकालेको छ ।

वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा आयरल्यान्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्‍यो । 

भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले पाँच रन जोडे ।

आयरल्यान्डका करिज यङ्गले दुई तथा जोश लिटलले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा १०८ रन बनायो । उसका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले आठ तथा पल स्टर्लिङ र जर्ज डकरेलले चार/चार रन जोडे । 

भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले  समान एक-एक विकेट लिए ।