close

आयरल्यान्डविरुद्ध भारतको जित

आयरल्यान्डविरुद्ध भारतको जित

Trulli
ADVERTISEMENT

दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा भारतले आयरल्यान्डलाई चार रनले हराएको छ । योसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । 

जितका लागि २२६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रन मात्र बनायो ।

उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । यस्तै पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे पनि टोलीलाई जिताउन सकेनन् ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २२५ रन बनाएको थियो ।

भारतका लागि दीपक हुडाले सतकीय इनिङ्स खेले । टी-२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १०४ रन बनाए । 

यस्तै सञ्जु स्यामसन ७७ रन बनाउँदा सूर्यकुमार यादवले १५ रन जोड्दा हार्दिक पाण्ड्या १३ रनमा अभिजित रहे । दिनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् ।

आयरल्यान्डका लागि मार्क आदिरले ३ तथा जोश लिटिल र क्रेग याङ्गले समान २-२ विकेट लिए ।

यसअघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।